गायक प्रकाश सपुतले किने यति महंगो ‘क्रेटा’ कार

नेपाली सांगीतिक क्षेत्र फराकिलो बनिरहेको छ । कुनै समय गीत संगीतमा लागेर सर्जकले जीवन चलाउन नै मुश्किल पर्छ भन्ने कुराहरु खुबै सुनिन्थ्यो । तर, आज समय बदलिएको छ ।

गीत संगीतमा मिहिनेत गर्न सक्ने हो भने सर्जकले जीवनलाई सहज रुपमा जिउन सक्ने अवस्था बनेको छ ।

नेपाली सांगीतिक क्षेत्रमा छुट्टै पहिचान बनाएका गायक प्रकाश सपूतले २ बर्ष अगाडि काठमाडौंमा घर किने । आधा दर्जन भन्दा बढी गीतले लोकप्रियता कमाएपछि प्रकाशलाई स्टेज कार्यक्रमदेखि म्यूजिक भिडियोमा भ्याई नभ्याई छ ।

उनै, प्रकाशले लक्ष्मी हुन्डाइको नयाँ कार किनेका छन् । सेतो रंगको ‘क्रेटा’ कार किनेका प्रकाशले लेखेका छन्–‘सपना देख्नेहरुलाई प्रेरणा हुनसक्छ । कलाकार मात्रै भएर पनि कार चढ्न सकिन्छ है ।’यो कारको मूल्य ४९ लाख रहेको बताउँछन्।

प्रकाश लोकदोहोरीमा चलेका कलाकार हुन् । ‘दोहोरी ब्याटल’, ‘बोल माया’, ‘गलबन्दी’, ‘बदला बरिलै’ हुँदै ‘मेरो पनि होइन र यो देश ?’ सम्म आईपुग्दा सांगीतिक क्षेत्रमा उनले आफ्नो गर्बिलो चिनारी बनाईसकेका छन् ।

उनी ‘परदेशी २’ चलचित्रमार्फत अभिनेताका रुपमा दर्शकमाझ आउँदैछन् ।

Leave a comment

Your email address will not be published.