पछिल्लो २४ घण्टामा थप २९७९ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप २९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २८ जनाको कोभिड–१९ संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ७८३५ जनाको पीसीआर टेष्ट गर्दा २०७७ जनामा संक्रमण पुष्टि भएको हो । यो संख्या आफैंमा कम भएको मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेल बताउँछन् ।

यस्तै देशभरमा ४०६३ जनाको एन्टिजेन परीक्षण गर्दा ९०२ जनामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार थप भएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका ५४३ जना छन्, जसमा काठमाडौंका ३९०, ललितपुरका ८६ र भक्तपुरका ६७ जना छन् ।

हाल उपत्यकाका तीनसहित कास्की, चितवन, मकवानपुर, झापा, मोरङ र सुनसरीमा संक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी छन्

त्यस्तै, पछिल्लो २४ घण्टामा १३ सय ३३ जना संक्रमितहरु कोरोनामुक्त भएका छन्, भने कोरोना संक्रमणका कारण थप २८ जनाको मृत्यु भएको छ ।

Leave a comment

Your email address will not be published.