दाङ, असार २४ – अविरल वर्षाका कारण बुधबार राति घरको पर्खाल भत्किँदा घोराही उपमहानगरपालिका– १७ की ३० वर्षीया मनिषा चौधरीकी तीन महिने छोरीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
मनिषा चौधरीकी नौ वर्षीया छोरी बाटुली पनि घाइते भएकी छन्।
घाइते दुवैको राप्ती स्वास्थ्यविज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । साथै शिशुको शव परीक्षण लागि प्रतिष्ठानमा राखिएको छ।