काठमाडौंको बौद्ध क्षेत्रमा मोवाइल लुटपाटमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाराको निजगढ घर भएका समिर तामाङ, विरस मगर र खोटाङ घर भएका १९ वर्षीय भिम राई छन् ।
मोटरसाईकलमा हिँड्ने उनीहरुले बाटोमा हातमा मोवाइल लिएर हिँडेका र फोनमा कुरा गर्दै हिँड्नेहरूको मोवाइल लुटेर भाग्ने गरेका थिए ।
उनीहरुको साथबाट लुटेको २० थान मोवाइल बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेशकुमार बस्नेतले बताए ।