सार्वजनिक गाडीमा तोकेभन्दा बढी भाडा लिने ७७ गाडीलाई कारबाही

सार्वजनिक गाडीमा तोकेभन्दा बढी भाडा लिने ७७ गाडीलाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाइएको छ ।

सो गाडी व्यवस्था विभागले अन्तर प्रदेश चल्ने गाडीमा यही साउन १ गतेदेखि लागू हुने गरी असार ३१ गते भाडा बढाउने सूची वेबसाइट मार्फत सार्वजनिक गरेको थियो ।

यसै १ गतेदेखि २८ प्रतिशत भाडा बढेको भन्दै काठमाण्डाै उपत्यका लगायत प्रदेशभित्र चल्ने गाडीमा समेत मनपरि भाडा लिन थालेपछि ट्राफिक प्रहरी अनुगमन गरी कारबाही गर्न सक्रिय भएको महाशाखाका प्रवक्ता सञ्जीव शर्मा दासले बताएका छन् । शुक्रवार कारबाही गरिएपछि शनिवारदेखि बढी भाडा लिने क्रम घट्दै गएको महाशाखाले जनाएको छ ।

बढी भाडा लिने गाडीका बारेमा ट्राफिक प्रहरीको निःशुल्क नं १०३ मा फोन गरेर सूचना दिन महाशाखाले आह्वान समेत गरिएको छ ।

बढी भाडा लिने गाडीलाई ५०० रुपैयाँदेखि एक हजार ५०० सम्ममा कारबाही गरिएको छ ।

पटक-पटक एउटै गाडीले बढी भाडा लिएको पाइएमा पाँच हजार रुपैयाँ जरिवाना सहित गाडी ‘सिज’ गर्नेसम्मका कारबाही गरिने तयारी भएको प्रवक्ता शर्मा दासले जानकारि दिएका छन् ।

Leave a comment

Your email address will not be published.