सिन्धुपाल्चोक जिल्लाबासीका लागि मध्यभोटेकोशीको आइपिओ बिक्री मंगलबार भोलीदेखि पुनः खुला गरिने भएको छ।
कोरोनाका कारण खुलेको आइपिओ बीचमै स्थगित भएको थियो। अब छिटोमा १७ गते सम्म र ढिलोमा साउन ३२ गतेसम्म आवेदन दिन सकिनेछ। यस निष्काशनमा न्यूनतम ५० कित्ता र अधिकतम ४०० कित्तासम्मको लागि आवेदन दिन पाइनेछ।
यस निष्काशनको लागि सिन्धुपाल्चोक जिल्लामा ३६ वटा र काठमाडौं जिल्लामा ७ वटा संकलन केन्द्र तोकिएको छ। उक्त स्थानहरुबाट दरखास्त फारम प्राप्त गर्न र दरखास्तसाथ रकम बुझाउन सकिने छ।
सिन्धुपाल्चोक जिल्लामा निर्माणाधीन मध्यभोटेकोशी जलविद्युत आयोजना प्रभावित क्षेत्र भोटेकोशी गाउँपालिका वडा नं. १ र ५ तथा बाह्रबिसे नगरपालिका वडा नं ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दा तथा आयोजनाबाट प्रभावित क्षेत्रबाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रमा स्थायी बसोबास गर्ने बासिन्दाहरुका लागि आइपिओ खोलिएको हो।
आइपिओ बिक्री प्रवन्धकका रुपमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।