मध्य भोटेकोशी जलविद्युत् आयोजनाको शेयर मोबाइलबाटै भर्न मिल्ने भएको छ । आजबाट जिल्लाबासीको लागि खुलेको शेयर यसअघि आयोजनाले तोकेको विभिन्न बैंक तथा तिनिहरुको शाखाबाट मात्रै भर्न मिल्ने भनिएकोमा कोरोनाबाट सतर्क रहनका लागि इसेवाको प्रयोग गरी भर्न मिल्ने बनाइएको हो ।
कसरी भर्न सकिन्छ ?
सुरुमा तपाँईसँग स्मार्टफोनमा इसेवा मोबाइल वालेट एप्लिकेशन हुनुपर्दछ । सो एप्लिकेशनमा पपुलार सर्भिस भन्ने अप्सनमा मध्यभोटेकोशीको छोटकरी रुप MBJCL देख्नु हुनेछ र त्यसका क्लिक गर्नु होस् ।
– ईसेवा खोलेरः MBJCL – IPO -Local People_ मा थिच्नुहोस् ,
-. सिन्धुपाल्चोकवासी भएको क्लिक गरेपछि आफ्नो नाम, ठेगाना, डिम्याट नम्बर, नागरिकता नम्बर, आवेदन दिने कित्ता हाल्नुहोस् ,
-. आईपिओ नपरेको पैसा इसेवा मै आउने कि बैंकमा आउने भन्ने छान्नुपर्छ । बैंकमा आउने भए बैंकको विवरण हाल्नुपर्छ ,
– प्रोसिड क्लिक गरि आवेदन दिन सकिनेछ ।
कम्पनीले पहिलो चरणमा प्रतिसेयर १०० अंकित दरका कुल ६० लाख कित्ता साधारण सेयर निष्कासन गरेको हो । जसमध्ये ३० प्रतिशत अर्थात १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिका वडा नं. १ र ५, बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाहरुका लागि छुट्याइएको छ भने बाँकी ७० प्रतिशत अर्थात ४२ लाख कित्तामा सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुलाई छुट्याइएको छ ।
कहिलेसम्म दिने आवेदन ?
पहिलो चरणको उक्त आईपीओमा लगानीकर्ताहरुले छिटोमा जेठ ४ गते र ढिलोमा जेठ २० गतेसम्म आवेदन दिन सक्नेछन् ।
कति दिने आवेदन ?
लगानीकर्ताले न्यूनतम १० कित्ता सेयर खरिदका लागि आवेदन दिनपर्नेछ भने अधिकतममा ४०० कित्ताका लागि आवेदन दिन पाउनेछन्।
कुन कुन बैंकबाट आवेदन दिन सकिन्छ?
लगानीकर्ताहरुले यस आईपीओमा ग्लोबल आइएमई बैंक, लक्ष्मी बैंक, मेगा बैंक, नेपाल क्रेडिट एण्ड कमर्श बैंक, सिन्धु विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सिभिल बैंक, प्रभु बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक, बैंक अफ काठमाण्डू र एनआईसी एसिया बैंकका सिन्धुपाल्चोक शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।