कलाकार रक्षा श्रेष्ठ हाँस्य टेलिसिरियल ‘सक्किगोनि’मा फर्किएकी छिन् । रक्षा झण्डै १५ महिनापछि ‘सक्किगोनि’मा फर्किएकी हुन्
बिहीबारको भागदेखि उहाँलाई पनि दर्शकले हेर्न पाउनुभएको छ
टेलिसिरियल ‘भद्रगोल’मा अभिनय गरेपछि रक्षालाई दर्शकले निकै रुचाएका थिए । ‘सक्किगोनि’का केही भागमा पनि उनलाई दर्शकले हेर्न पाएका थिए तर, आमा बन्ने भएपछि उनले केही समयका लागि अभिनयबाट ब्रेक लिएकी थिइन् । उनले दुई महिना अघि छोरीलाई जन्म दिएकी छिन् ।
आमा बनेपछि उनी म्युजिक भिडियोबाट अभिनयमा फर्किसकेकी छिन् । तिन दिनअघि मात्रै रक्षा अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ ।