कृषि सहकारी मन्त्री शाहद्वारा किसानलाई कृषि सामाग्री हस्तान्तरण

जनकपुरधाम । प्रदेश २ का भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहद्वारा किसानलाई कृषि सामाग्री हस्तान्तरण गरिएको छ ।

किसानले रीपर बाइंडर कृषि यंत्रको लागि आवेदन दिएपछि मन्त्रालयबाट कृषि अनुदान कार्यक्रम अन्तर्गत कृषि यन्त्र प्रदान गरिएको छ ।
प्रदेश २ का भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्र प्रसाद साहले आजको समयमा कृषि कार्यको लागि कृषि यंत्रको महत्त्व बढदै जादा एकदमै उपयुक्त रहेको बताए ।

मन्त्री साहले आधुनिक युगमा किसानको लागि फसल कटाईको लागि विभिन्न प्रकारको कृषि यन्त्र उपलब्ध रहेको बताए । यस कृषि यन्त्रको सहयोगले किसान कम समयमा कृषि कार्यको सम्पुर्ण कार्य गर्न सकिन्छ

उक्त यन्त्रको कार्यमा लागत बाहिर मार्केट्मा १२ लाख २५ हजार पर्ने उक्त यन्त्र किसानलाई भुमि ब्यवस्था तथा कृषि सहकारी मन्त्रालाय का सचिब डा. सम्झना काफ्लेद्वारा किसानलाई हस्तान्तरण गरिएको छ ।

कृषि यन्त्र खरिदको लागि बढी रकम लाग्ने भएको कारणले धेरै जस्तो किसन कृषि यन्त्रको प्रयोगबाट बन्चित हुँदै आएको देखिन्छ ।
यस्तैमा प्रदेश सरकारले यस समस्याको समाधानका लागि किसानहरुको लागि अनुदानमा कृषि यन्त्र दिने योजना चलाउदै छ, जस कारण धेरै किसानहरु यस कृषि अनुदान कार्यक्रमबाट लाभान्वित हुँदै आएका छन् ।

किसानको अनुदानमा कृषि यन्त्र दिनको लागि समय-समयमा आवेदन मन्त्रालयबाट आवेदन माग्ने गरिन्छ । जसबाट किसान आवश्यक कृषि यन्त्र लिन सक्छ ।

प्रदेश २ का जिल्ला अन्तर्गत कृषि ज्ञान केन्द्रद्वारा रीपरबाइंडरको अहिले धनुषाको सबैलामा एक किसान लाई ७५ प्रतिशत अनुदानमा र महोत्तरीको मुखियापट्टि मुशहरनियामा एक किसनलाइ प्रदान गरिएको कार्यलयका प्रमुख साहले बताए ।

Leave a comment

Your email address will not be published.