धादिङमा श्रीमतीको ह’त्या गरेपछि आफूले झु’ण्डिएर आ’त्म’ह’त्या

दक्षिणी धादिङको ताल्तीस्थित हुरेमा सोमबार एक पुरुषले श्रीमतीको ह’त्या गरेर आफूले समेत आ’त्मह’त्या गरेका छन् ।

बेनिघाटरोराङ गाउँपालिका–२ ताल्तीस्थित हुरेका ४५ वर्षीय तीर्थबहादुर विकले खेतमा काम गर्न जाँदै गरेकी ४२ वर्षीया श्रीमती भीममायाको ह’त्या गरेका हुन् ।

खेतमा काम गर्न जाँदै गरेकी श्रीमतीको विकले कोदालो र हसियाँले हानेर ह’त्या गरेपछि आफूले डोरीको पासो लगाई रुखमा झु’ण्डि’एर आ’त्मह’त्या गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए ।

छिमेकीहरुका अनुसार उनीहरुले बिहान घरमा सँगै रक्सी खाएका थिए ।खेतमा काम छ भनेर गएपछि बाटोमा आपसी वि’वादका कारण श्रीमतीको ह’त्या गरेको छिमेकीहरूले बताएका छन् ।

घटनाको विस्तृत अनुसन्धान गरिने जानकारी दिँदै प्रहरी उपरीक्षक खड्काले दुवै श’व परीक्षणका लागि प्राथमिक स्वास्थ्य चौकी गजुरी लगिएको बताए । rss

Leave a comment

Your email address will not be published.