प्रकाश सपुतको नयाँ गीत ‘कुरा बुझ्न पर्च’ले युटुवमा राख्यो नयाँ रेकर्ड

सर्जक प्रकाश सपुतको नयाँ सृजना ‘कुरा बुझ्न पर्च’ ले युटुवमा नयाँ रेकर्ड राखेको छ । प्रकाशको पछिल्लो गीत युटुवमा अपलोड भएको २५ घण्टामा सर्वाधिक हेरिएको पहिलो भिडियो बनेको छ ।

गत शुक्रबार प्रकाश सपुत अफिसियल युटुव च्यानलबाट अपलोड गरिएको ‘कुरा बुझ्न पर्च’ गीतको भिडियोलाई २४ घण्टामा ९ लाख ८० हजारले हेरेका छन् ।

‘कुरा बुझ्न पर्च’ मा गायिका द्वाय शान्तिश्री परियार र समिक्षा अधिकारीले स्वर दिएका छन् । गीतले वर्तमान युवतीहरुको आत्मविश्वास र रोजाइलाई प्रस्तुत गरेको छ ।

फूलमाया विश्वकर्मा र मनमाया क्षेत्रीको भूमिकामा क्रमशः आँचल शर्मा र स्वस्तिमा खड्का देखिएका छन् ।

Leave a comment

Your email address will not be published.