काठमाडौं । नेपाली बजारमा बुधवार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको हो।
योसँगै प्रतितोला फाइन गोल्ड ८८ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ८८ हजार ३५० रुपैयाँमा झरेको छ। दुई दिन लगातार घटेको सुनको भाउ हिजो मंगलबार भने तोलामा २०० रुपैयाँले बढेको थियो।
यो दिन प्रतितोला फाइन गोल्ड ८९ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ८८ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको भाउमा ओरालो यात्रा भने जारी नै छ। आज पनि तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार १९० रुपैयाँ कायम भएको छ।
हिजो पनि तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार २०५ रुपैयाँमा कारोबार भएको थियो।