आज राति ८ बजेदेखि सवारी चलाउन नपाइने,के के चलाऊन पाईने के के नपाईने हेर्नुसनत्र फन्दामा परिएला।

श्रावण २६ काठमाडौं । बढ्दो कोरोना भाइरसलाई मध्यनजर गर्दै काठमाडौं उपत्यकामा आज बिहीबार देखि अझै कडाइका साथ लागू हुने भएको छ ।

बिहीबारबाट लागू हुनेगरी निषेधाज्ञा जारी गर्दै राति ८ बजेबाट अत्यावश्यक बाहेक कुनैपनि सवारीहरु संचानल गर्न रोक लगाउने समेत निर्णय भएको छ ।

निषेधाज्ञा थप गर्दै प्रशासनले बेलुकी ८ बजेपछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार कोभिड–१९ भाइरसको संक्रमण बढ्दै जाँदा रात्रिकालीन समयमा हुने सवारीसाधनको आवतजावतमा कडाइ गरिएको हो । अत्यावश्यक सवारीसाधन चाहिँ जतिसुकै वेला चल्न पाउने उनले बताए ।

निषेधाज्ञाको अरु मोडालिटी पहिलेकोलाई नै निरन्तरता दिइएको उनले जानकारी दिए । निषेधाज्ञाको समय भदौ ८ सम्म थप गरिएको छ ।

Leave a comment

Your email address will not be published.