‘हिसाब’-सोनम कुमारी मिश्र

बादलको पानीको हिसाब
समुद्र सँग कसले सोध्छ…?

जिवन एउटा किताब जस्तै
सधैं खुल्छ एक पाना
पानाको हिसाब
किस्मत सँग कसले सोध्छ…?

जुन समय रहयो पाना सँग टाशिएको
त्यसले जिउन नपाउने हिसाब
जिवन सँग कसले सोध्छ…?

रचियता : सोनम कुमारी मिश्र

यो पनि पढ्नु होला

“तुलना केका लागि?“ कविता-हिरा थामी

दैनिकी,

बिहान, बेलुकी नै अगेनाहरू पोत्तापोत्दै

रगडीएका हातहरूले

पोतीएको पोताहरूले

ग्यासको चुलाहरु पुछ्दापुछ्दै

च्यातिएको टालाहरुले

भाडा मस्काउदा मस्काउदै

खिइएको मस्कोहरुले

दिएको ज़िन्दगी सबैको समान

गुज्राएको जीविका सबैको समान

त फेरी भन्नुस न ???

………………..????

पर्यावरण,

समयमा नै परिपुर्ती हुन नसक्नु

हर कोहीको विवशता

अहमकारी बनि देखाईरहेका

मानवहरुको खै यो अमिट विशेषता

परोपकारी , दीक्षित भै पथ मार्ग

सही छनौटमा सबैको ध्यान केन्द्रित

बेला मौकामा बन्ने पृथकत्व

आ- आफ़नो स्थानमा सबैको

स्नेही मन सबैको समान

दोहोरीएको गोरेटो सबैको समान

अनि त फेरी भन्नुस????

…………….???

हिरा थामी( कोहिनुर)

सिन्धुपाल्चोक

 

Leave a comment

Your email address will not be published.