सर्लाही । प्रदेश नं २ सरकारको ‘मुख्यमन्त्री बेटी बचाऊ, बेटी पढाऊ’ कार्यक्रमअन्तर्गत सर्लाहीको गोडैता नगरपालिका-६ बगदहको श्री रामजानकी आधारभुत विद्यालय र श्री जनता माध्यमिकका ५०/५० जना छात्रालाई साइकल वितरण गरिएको छ।
श्री रामजानकी आधारभुत विद्यालयका प्रधानाध्यापक रमाशंकर प्रसाद कुशवाहा सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका सर्लाही क्षेत्रनं-४ (ख) प्रदेशसभा सदस्य उपेन्द्र प्रसाद कुशवाहाले विद्यालयको कक्षा ८ मा अध्यायनरत छात्रालाई साइकल वितरण गरेका हुन् ।
साइकल वितरण कार्यक्रममा गोडैता नगरपालिका मेयर देवेन्द्र कुमार यादव,उपमेयर अंजना कुशवाहा,शिक्षा इकाई प्रमुख रामाअधार सिंह कुशवाहा,नगरपालिका शिक्षा शाखा प्रमुख प्रमोद यादव,सुनिल कुशवाहा,
विभिन्न राजनैतिक दलका प्रतिनिधि,समाजसेवी,शिक्षक,लगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।
हिपमतबाट