काठमाडौ-तिज नजिकिदै गर्दा तिजका गितहरु बजारमा आइरहेका छन त्यस्तै पछिल्लो समय धेरैको मन मुटुमा बसेकी लोकप्रिय मोडल अन्जु सुनार अभिनित तिज गित “राम्री भएर “सार्बजनिक भएको छ।
पछिल्लो समय अभिनयमा व्यस्त रहेका अन्जुले पछिल्लो समय अभिनय गरेका ” नक्कली नानि ” ढाटे मरिजाम””माइतीको आगन”गितले दर्शक को मन जित्न सफल भएको छ।त्यस्तै सार्बजनिक गित” राम्री भएर”ले पनि दर्शक को मन जित्ने उनको बिस्वास रहेको र अन्य गित हरुलाइ जस्तै यो तिज गितलाई पनि दर्शक ले मन पराउनु हुन्छ उहाले बताउनु भयो।
सार्बजनिक गीतमा दिपेन्द्र खड्काको शब्द तथा झलक सङ्गितम को एरेन्ज रहेको छ भने मिठो स्वरकी धनी चर्चित गायिका एलिना चौहान र अर्जुन सुनमको स्वर रहेको उक्त गित अलाप रेकर्डिङ स्टुडियोमा रेकर्ड गरेको हो भने अर्जुन सुनमको संगीत रहेको छ।
बिक्रम श्रेष्ठले निर्देशन गरेका उक्त गितमा निर्देशक श्रेष्ठकै कोरीयोग्राफि रहेको छ भने भिडियोमा उनै लोकप्रिय मोडल अन्जु सुनार , भिम खड्का ,सुप्रिया खनाल , राजकुमार थापा लगायत कलाकार हरुको अभिनय देख्न सकिन्छ ।
प्रकाश खड्काले छायांकन गरेको भिडियोलाई लक्ष्मण चौहानले सम्पादन र मिलन बिश्वकर्माले कलर गरेका हुन् । तीज गीत ‘राम्री भएर’ म्यूजिक भिडियो Eleena Chauhan अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ।हेर्नुस भिडियो……