मार्क्सवादीका स्कूलका कुनै यादहरू :आदिम साम्यवादका सात चरण के–के हुन् ?

१८, भदौ सुनसरी : मानव जातिको इतिहास अत्यन्तै लामो र रोचक छ। आजको मानिस आदिम साम्यवाद, दास युग, सामन्ती युग हुँदै पूँजीवादी युगसम्म आइपुगेको छ। पूँजीवाद पनि यतिबेला चरम अर्थात् साम्राज्यवादी युगसम्म आइपुगेको छ। तर, यो यहीँ रोकिनेवाला छैन। समाज विज्ञानको नियमअनुसार यो समाजवाद हुँदै साम्यवादको दिशामा अघि बढ्दछ।

मानव जातिको इतिहासमा आदिम साम्यवाद वर्गविहीन समाज हो। जहाँ वर्ग र सत्ता थिएन। तर, मानिसको जीवन अत्यन्त कष्टकर थियो। त्यसलाई ढुङ्गे युगका रुपमा पनि चिन्ने गरिन्छ। सामान्यतः मार्क्सवादी स्कूलमा आदिम साम्यवादलाई एकै ठाउँमा राखेर अध्ययन गर्ने गरिन्छ। तर, आदिम साम्यवादलाई मुलतः सात चरणहरुमा विभाजन गरी अध्ययन गर्न सकिन्छ।

उत्पादनको सामाजिक स्वरुप जस्तोसुकै भएता पनि श्रमिक जनता र उत्पादनका साधन सधैभरि एउटै अंगका रुपमा रहेका हुन्छन्। उत्पादनका लागि तिनको एकरुपता कायम हुनै पर्दछ। यही एकरुपताको पद्धतिले सामाजिक संरचना भएका विभिन्न आर्थिक युगहरुको निर्माण हुन्छ। यी प्रत्येक युगमा उत्पादन पद्धति फरकफरक खालको हुन्छ। यस अनुसार आदिम साम्यवादी उत्पादन पद्धतिका सात वटा चरणहरु छन्।

(१) वन्य अवस्थाको निम्न चरण :– यस चरणमा मुख्यत भाषाको विकास भयो। यो चरण साँढे पाँच लाख वर्षदेखि यताबाट प्रारम्भ भएको मानिन्छ। भाषाको विकासका पनि चार चरणहरु छन्, १. सांकेतिक भाषा, २. ध्वनी साम्यताको भाषा अर्थात् ध्वनीका आधारमा शब्दहरु निर्माणको चरण, ३. अक्रियावाचक भाषाको विकास अर्थात् एक शब्दीय भाषाको विकास र, ४. क्रियापदयुक्त भाषाको विकास अर्थात् शब्दबाट क्रियापद छुट्टाउने भाषाको विकास। क्रियापदयुक्त चरणलाई भाषिक छलाङको चरण पनि भनिन्छ। मानिसले यसै चरणमा भाषाको विकास गर्यो।

(२) वन्य अवस्थाको मध्यम चरण :– यस चरणमा मानिसले आगोको प्रयोग र औजारका रुपमा द्विवस्तुनिष्ठ हतियार प्रयोग गर्यो। यो चरण साँढे पाँच लाख वर्षदेखि अढाइ लाख वर्षसम्मको अवधि मानिन्छ। आगोको आविस्कार मानव जातिको इतिहासमा निकै ठूलो क्रान्ति थियो। यस चरणमा मानिसले २ वटा वस्तुको हतियार प्रयोगमा ल्यायो। यस युगमा मानिसले काठ र ढुंगाका हतियारलाई सँगै प्रयोग गर्न सक्ने भयो। (३) वन्य अवस्थाको उन्नत चरण :– यस चरणमा मानिसले उत्पादनका साधनमा थप विकास गर्दै गयो। यस चरणमा मानिसले धनुर्वाण, औजार र त्रिवस्तुनिष्ठ हतियारको प्रयोग गर्न थाल्यो। तीन वटा वस्तुलाई मिलाएर बनाएको हतियारका कारण त्यसलाई त्रिवस्तुनिष्ठ हतियार भनिएको हो। धनुर्वाण त्रिवस्तुनिष्ठ हतियार हो। यो चरण डेढ लाख वर्षयताको चरणलाई मानिन्छ ।

Leave a comment

Your email address will not be published.