करिव ७५ हजारले १०/१० कित्ता पाउने ! तेह्रथुपम पावरको IPO बाँडफाँडको तयारी

तेह्रथुपम पावर कम्पनीको आईपीओ बाँडफाँडको तयार भईरहेको छ । बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार आईपीओमा परेको आवेदन भेरिफाइ भईरहेको हो ।

उक्त आवेदन भेरिफाइको काम सकेपछि मात्र कम्पनीको आईपीओ बाँडफाँड हुने बिक्री प्रबन्धकले जनाएको छ ।कम्पनीले भदौ ९ गतेदेखि १३ गतेसम्म ८ लाख कित्ता आईपीओ बिक्री खुला गरेको थियो ।

जसमध्ये ४० हजार कित्ता म्युचुअल फण्डलाई, १६ हजार कित्ता कर्मचारी बाँकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारणका लागि छुट्याएको थियो ।तेह्रथुपम पावरको आईपीओ ७४ हजार ४ सयलाई १०÷१० कित्ता पाउने, यस्तो छ बाँडफाँडको पछिल्लो तयारी

कम्पनीको आईपीओमा २३ लाख ९६ हजार ३४८ जनाको २ करोड १२ लाख ४६ हजार ९१० कित्ताका लागि आवेदन परेको थियो । उक्त आईपीओमा तिर पूर्वक आवेदन दिने योग्य ७४ हजार ४ सय जनाले १० कित्ता सेयर पाउने देखिएको छ ।

Leave a comment

Your email address will not be published.