गायक सन्तोष परियारले रातो स्याउ -२` मिर्मिरे कान्छी ´ल्याउदै

काठमाडौ-मौलिक लोक तथा दोहोरी गीत संगीतका प्यासी हरुको लागि सर्जक तथा लोकदोहोरी गीत संगीत क्षेत्रको संरक्षण र प्रबर्द्धनका लागि जुटिरहेका लोकप्रिय गायक सन्तोष परियार ले अर्को नया काठे लोक दोहोरी गित” मिर्मिरे कान्छि” बोलको गित बजार मा ल्याउने भएका छन ।

गायक परियारले विभिन्न गित संगीतहरु बजारमा ल्याउने क्रममा पछिल्लो समय निकै चर्चा पाएको दर्शकको मन जित्न सफल गित रातो स्याउ को अपार सफलता पश्चात् रातो स्याउ २“ मिर्मिरे कान्छि” बोलको गित बजारमा ल्याउन लागेका हुन।

केहि दिन अघिमात्र रेकर्डिङ सकिएको यो गित अब छिट्टै छायांकन हुने उनै गायक परियारले टक नेपाल सङ्ग बताउनु भएको छ रातो स्याउ दर्शक श्रोताको रोजाइमा परेको र त्यसै गरि यो गितले पनि दर्शकको मन जित्नेमा उनि बिस्वस्त छ्न भने यो गितसङ्ग निकै आशाबादी रहेको गायक परियारले बताएका छन।

एक दर्जन भन्दा बढी मौलिक गीतहरु आफ्ना श्रोता तथा दर्शकहरु माझ पस्कि सकेका गायक परियारको पल्लो गाउँकि ठुली,रातो श्याउ,झ्यापमा थिए, मुनि मुनि बाख्रा लाई बोलाउने,गाइले खरु जस्ता गित हरु चर्चामा छ।

उक्त गितमा उनै गायक सन्तोष परियार र चर्चित काठे दोहिरी गायिका पार्बती कार्किको सुमधुर आवाज रहेको गितको शब्द गायक बसन्त शाहि, गायक सन्तोष परियार रहेको छ भने गायक परियार कै सङ्गीत रहेको यो गित शंकरा डिजिटल रेकर्डिङ स्टुडियोमा सागर पुनले रेकर्ड गरेका हुन।

नारायण दङ्गालको एरेन्ज रहेको गित छिट्टै छायांकनमा जाने र उक्त गीतको कलाकार हरुको भने छनोट भैरहेको छ।यो गित गायक परियार को आफ्नै युटुब च्यानल Santosh Pariyar बाट आउने छ।

Leave a comment

Your email address will not be published.