आज कुशे औंशीकाे दिन राम बहादुर तामाङको “बा” कविता

बा!

मलाई आझै याद छ , त्यो दिन !!

तपाइले कथा सुनाएको दिन !

तपाईंले ब्यथा सुनाएको दिन !

मलाई आफ्नो काधमा बोकेर ,

गाउँ गाउँ डुलाएको दिन !

मैले झगडा गर्दा , कथा सुनाई मलाई भुलाएको दिन !

बा !

मलाई आझै याद !

त्यो रात , हामीलाई जाउलो पकाएर खुवाई

आफू भोकै सुतेको रात

भएको एउटा सिराक हामीलाई दिई ,

आफू कठ्याङग्रीदै बिताएको त्यो पुस माघको रात

घरको छानोबाट चुहिएको पानीले

ओछ्यान भिजाउदा, ओछ्यान नै बोकेर ओत लाग्ने ठाउँमा सुताएको रात

बा !

मलाई आझै याद छ ,

त्यो साझ , स्कुलबाट म ढिलो घर फर्किदा

अतिदै मेरै बाटो हेरिरहेको साझ

मेला बाट घर फर्किदा , इस्टाकोट्को खल्तीमा

खाजा ल्याएको साझ ,

साझ परेपछि भुत आउछ भन्दै

हामीलाई भित्र बसाएको साझ ,

बा !!

मलाई अझै याद छ ! त्यो क्षण

मेरो हातमा सिसा कलम थमाउन

तपाईंको हातले हलोको अनौ समातेको क्षण ,

सिसाकलमको सहराले मेरो भाग्य कोर्दै गर्दा ,

तपाई हलोको सहराले ,बाझो खेत कोर्दै गरेको क्षण !

बा !

सिसाकलम बाट भाग्य कोर्न सुरु गरेको म ,

आहिले कलम हुँदै, कम्प्युटरको किबोर्ड सम्म आइपुगे ,

मैले लेख्ने, सिसाकलम फेरिए ,

कलम फेरिए , शव्द फेरिए ,

अनि वाक्य फेरिए ….

तर बुबा ,,,

तपाईंको भाग्य फेरिएन ,

हालोको अनौ फेरिएन ,,

तपाईंले जोत्ने बाझो खेत फेरिएन ,,

केवल मेटियो ,

हातको भाग्य रेखा,

थपिए गालामा चाउरीको धर्साहरु ,,

खिईए हातको नाङ्ग्राहरु ,

फाटिए खुट्टाका पैतालाहरु ,

उडिए अनुहारको रङगहरु ,

थापिए निराशको बादलहरु ,,,,

खुम्चिए हात खुट्टाका नासाहरु,

च्यातिए कमिजका फेहराहरु,,

बा !

मलाई अझै याद छ ,

तपाईको काधमा बासी सु गरेर , काध भिजाएको दिन ,

त्यस दिन देखि मैले तपाईलाई जहिल्यै भिजेको देख्छु ,

कहिले पसिनाले भिजेको देख्छु ,

कहिले आशुले भिजेको देख्छु ,

कहिले छानोबाट चुहिएको

पानीले भिजेको देख्छु ,

कहिले पिडाले भिजेको देख्छु ,

कहिले दुखले भिजेको देखछु

कहिले ऋणले थिचेको देख्छु ,

कहिले भाग्यले मिचेको देख्छु ,,

मात्र देख्छु , जहिल्यै भिजेको देख्छु !

मलाई पानीले भिज्दा सर्ती लाग्ला भन्ने तपाईं

आफ्नो शरीरलाई सबथोकले भिजाउदा सर्ती लगेन ?

 

बा !

मलाई आझै याद छ्

तपाइले उठाइरहाने त्यो बिहानी को ,

तर एक बिहानै मलाई नाउठाई कहाँ जानू भएछ खै कुन्नी

म उठेर दोबाटोमा सु गर्न जादा ,

बालुवामा देखे तपाईंको पैतालाको ढोपहरु,

तर तपाईंले कहिल्यै भन्नू भएन ,

त्यो दिन मेरो स्कुलको फि तिर्न ऋण खोज्न गको भनेर

बा !

तपाईलाई पत्तै भएन

मेरो जिन्दगी रङगिन बनाउन खोज्दै गर्दा

आफ्नो जिन्दगी रङ्गहिन भएको कुरा

मेरो सपना पूरा गर्न ती लाग्दै गर्दा

आफ्नै सपना तुहिएको कुरा

मेरो भाग्य टाल्नै तिर लाग्दै गर्दा

घरको छानो चुहिएको कुरा

मेरो जिन्दगी फुलाउन खोज्दै गर्दा आफनै केश फुलेको कुरा

यी सब कुराको पत्तै भएन बा !

 

-राम बहादुर तामाङ

Leave a comment

Your email address will not be published.