गायक सन्तोष परियारको `मेरो माया नौ मुरि´आउँदै

काठमाडौ-कुशल सर्जक तथा लोकप्रिय गायक सन्तोष परियारले अर्को काठे लोक दोहोरी गित” मेरो माया नौ मुरि” बोलको गित बजार मा ल्याउने भएका छन ।

गायक परियारले विभिन्न गित संगीतहरु बजारमा ल्याउने क्रममा “ मेरो माया नौ मुरि” बोलको गित बजारमा ल्याउन लागेका हुन। केहि दिन अघिमात्र रेकर्डिङ सकिएको यो गित अब छिट्टै छायांकन हुने उनै गायक परियारले टक नेपाल सङ्ग बताउनु भएको छ।

अन्य गित हरु लाई जस्तै यो गितलाइ पनि दर्शकले मन पराउनेमा उनि बिस्वस्त छ्न भने यो गितसङ्ग निकै आशाबादी रहेको गायक परियारले बताएका छन।

एक दर्जन भन्दा बढी मौलिक गीतहरु आफ्ना श्रोता तथा दर्शकहरु माझ पस्कि सकेका गायक परियारको पल्लो गाउँकि ठुली,रातो श्याउ,झ्यापमा थिए, मुनि मुनि बाख्रा लाई बोलाउने,गाइले खरु जस्ता गित हरु चर्चामा छ।

उक्त गितमा उनै गायक सन्तोष परियार र गायिका पारु राउत सुबेदिको सुमधुर आवाज रहेको छ। गितको लय तथा शब्द गायक सन्तोष परियार रहेको छ भने गायक परियार कै सङ्गीत रहेको यो गित शंकरा डिजिटल रेकर्डिङ स्टुडियोमा सागर पुनले रेकर्ड गरेका हुन।

आर के मिलनको एरेन्ज रहेको गित छिट्टै छायांकनमा जाने र उक्त गीतको कलाकार हरुको भने छनोट भैरहेको छ।यो गित गायक परियार को आफ्नै युटुब च्यानल Santosh Pariyar बाट आउने छ।

Leave a comment

Your email address will not be published.