प्रेमिकाको अश्लिल फोटो-भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्ने दोलखाको एक युवक पक्राउ

भदौ २९ काठमाडौं । प्रेम सम्बन्धमा रहेको बेला खिचिएको अश्लि’ल फोटो, भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेको आरोपमा एक जना पक्रा’उ परेका छन् ।

दोलखा बैतेश्वर ८ स्थायी घर भएका हाल, टोखा धनेश्वर बस्ने २३ वर्षीया सुजन जिरेललाई पाँचखालबाट प’क्राउ गरिएको हो। महानगरीय अप’राध महाशाखाले दिएको जानकारी अनुसार जिरेलले प्रेमीकासँग विवा’द गरेर उनको मो’बाइल खोसेर मोबाइलमा रहेको फोटो र भिडियो फेसबुक, इन्ट्राग्राम जस्ता सोसल साइटमा अपलोड गरेको थिए ।

महानगरीय अपराध महाशाखाका एसपी कृष्ण कोइरालाका अनुसार काठमाडौंमा बस्ने जिरेलकी प्रेमीकाले आइतबार महाशाखामा उ’जुरी दिएकी थिइन्। सम्बन्धमा हुँदा उनीहरुले एक अर्काको आइडी पासवर्ड पनि शेयर गर्ने गरेका थिए। यसको फाइदा उठाउँदै जिरेलले प्रेमीकाकै आइडीबाट अश्लि’ल भिडियो र फोटो अपलोड गरेका थिए।

काभ्रेको पाँचखालमा लुकी बसेको भन्ने सूचनाको आधारमा अपराध महाशाखाको समन्वयमा जिल्ला प्रहरी कार्यालय काभ्रेले जिरेललाई पक्राउ गरेको हो। उनीबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

Leave a comment

Your email address will not be published.