पल शाह अभिनित थारु गित ‘ओ सजन’ को भिडियो सार्वजनिक

काठमाडौं । पल शाह अभिनित थारु गित ‘ओ सजन’ को भिडियो सार्वजनिक भएको छ ।  गायक नरेश जोगी र गायिका अन्नु चौधरीको थारु गीत ‘ओ सजन’ को भिडियो सार्वजनिक भएको हो ।

पिके फिल्मस् युट्युव च्यानलबाट सार्वजनिक गरिएको गीतमा गायक स्वयम नरेशको शब्द तथा संगीत रहेको छ । यस गीतलाई गनेश चौधरीले एरेञ्ज गरेका छन् ।

भिडियोमा अभिनेता पल शाह र मोडल कविता राय फिचर्ड छन् । भिडियोमा कृष्ण जोशीको पनि अभिनय छ ।

विक्रम चौहानको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा पल र कवितालाई थारु समुदायको बिहेको भेषमा पनि देख्न सकिन्छ ।

भिडियोमा अर्जुन तिवारीको टिमको छायांकन र मिलन विश्वकर्माको सम्पादन तथा कलर छ ।

यो भिडियोको छायांकन अभिनेता पलकै गृह जिल्ला दाङमा भएको थियो ।

Leave a comment

Your email address will not be published.