गायक सुकुराम सुन्दासको नयाँ गित “सिमलि छायां” सार्बजनिक भएको छ।निकै नै मीठो गित सोमबार सार्बजनिक भएको हो ।
सुमधुर स्वरको धनि गायिका शारदा रसाइली र उनै गायक सुकुराम सुन्दासको स्वरमा रहेको उक्त गीतमा सुन्दासकै शब्द संगीत तथा बिष्णु तामाङको एरेन्ज रहेको गित शकरा डिजिटल स्टुडियोमा रेकर्ड गरेको हो ।
सार्वजनिक गीतमा सन्तोष तिमल्सिनाको छायाँकन रहेको छ भने भिडियोलाई रोशन धितालले सम्पादन गरेका छ्न।भने मिडिया पार्ट्नर मा टक नेपाल डट कम रहेको छ।
सुरज श्रेष्ठको कोरियोग्राफी रहेको उक्त भिडियोमा सुरज श्रेष्ठ,सृजना किराँती , भरत परियार , प्रस्ना सुन्दास लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ।
मिलन श्रेष्ठले निर्देशन गरेको उक्त गीतको भिडियो Milan flims Production Youtube च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
हेर्नुस भिडियो……