मुख्यमन्त्री लालबाबु राउतद्वारा अटोमोबाईल एसेम्बलिङ्ग उद्योग स्थापना गर्न आग्रह

जनकपुरधाम, कात्तिक ६ । मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा अटोमोबाईल एसेम्बलिङ्ग उद्योग स्थापना गर्न आग्रह गर्नु भएको छ ।

धनुषाको ढल्केबरमा आयोजित जानकी अटोमोबाईल एशोसिएसनको प्रथम बार्षिक साधारणसभा लाई उद्घाटन गर्नु हुँदै मुख्यमन्त्री राउतले प्रदेश २ सरकार उद्योग एन ल्याई सकेको उल्लेख गर्नु हुँदै उद्योग सञ्चालन गर्न आग्रह गर्नु भएको हो ।

उहाँले भन्नू भयो , तपाईं हरु उद्योग सञ्चालनको तयारी थाल्नु होस , बाताबरण निर्माण गर्ने जिम्मा हाम्रो छ । थप एन कानुन चाहिए सुझाब दिनु होस , हामी ल्याउछौ ।
मुलुकको आर्थिक समृद्धि एव रोजगारीको क्षेत्रमा महत्त्वपूर्ण भुमिका निर्बाह गर्दै आएको अटोमोबाईल क्षेत्र प्रति केन्द्रिय सरकारको धारणा सकारात्मक नहुनु दु:खद रहेको उल्लेख गर्नु हुदै मुख्यमन्त्री राउतले प्रदेश सरकार को तर्फ बाट हुन सक्ने सम्पूर्ण बाताबरण बनाउन तयार रहेको प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

बिलाशिता भन्दा पनि उपयोग बस्तुको रुपमा परिणत हुँदै गएको अटो मोबाइल क्षेत्र को भविष्य उज्ज्वल रहेको उहाँको कथन थियो ।
जानकी अटोमोबाइल एशोसिएसन अफ नेपालको अध्यक्ष तेजनारायण साहको अध्यक्षतामा भएको उद्घाटन सत्रमा नाडाका अध्यक्ष कृष्ण प्रसाद दुलाल, मिथिला नपाका प्रमुख हरिनारायण महतो सहित का बक्ताहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

Leave a comment

Your email address will not be published.