६ दिन देखि बेपता धुस्कोटका सन्चबिर तामाङलाई खोजी गरिदिन अपिल

काठमाडौं
गत कार्तिक २ गते दिउँसो करिब ३ बजे देखि सन्चबिर तामाङ परिवारको सम्पर्कमा छैनन् । ६५ वर्षे तामाङ एकाएक परिवारको सम्पर्कबाट बाहिर भएपछि उहाँ कहाँ र कुन अवस्थामा छन् कतैबाट कुनै खबर नआएपछि परिवारमा चिन्ता थपिएको छ ।

तामाङ सिन्धुपाल्चोक जिल्ला साविक फुल्पिङ्कोट गा.वि.स. ७ हाल बलेफी गाउँ पालिका ३ धुस्कोट निवासी हुन् ।

पारिवारिक श्रोतका अनुसार कतै आफन्तकोमा र काठमाडौं समेत कहिल्यै नजाने यो पल्ट अचानक घर छोडेर हिँड्नु भएको बताए । चिनेजानेको सबैतिर परिवारले खोजी गरेपनी कतै फेला नपरेको र कतै आफन्तजनकोमा पनि नआएको जानकारी दिएका छन् ।

चिने जानेको सबैतिर खोजी गर्दा समेत नभेटिएपछी मिडिया मार्फत कहिँ कतै कसैले देख्नु वा भेट्नु भएमा नजिकको प्रहरी कार्यालयमा अथवा आफन्तलाई खबर गरेर सहयोग पुर्याउनु हुन परिवारजनले सबैमा अपिल गरेका छन् ।

परिवारको सम्पर्क नं. 9869862857

Leave a comment

Your email address will not be published.