पाँचथर बस दु’र्घट’ना अपडेट : घा’इ’तेको संख्या ६४ पुग्यो

पाँचथर, ८ कात्तिक पाँचथरमा बस दु’र्घट’नामा घा’इ’ते हुनेको संख्या ६४ पुगेको छ । उनीहरू मध्ये २४ जनाको जिल्ला अस्पताल र बाँकीको समर्पित अस्पताल र पाथीभरा अस्पतालमा उपचार भइरहेको छ ।

घा’इ’ते मध्ये केहीको अवस्था चि’न्ताज’नक रहेको भए पनि प्रहरी र अस्पतालले विस्तृत विवरण उपलब्ध गराएका छैनन् । गम्भीर घा’इतेहरूलाई थप उपचारका लागि झापा लैजाने तयारी भइरहेको छ ।

पाँचथरको फिदिम नगरपालिका–४ शिवादोभानबाट झापाका लागि छुटेको को १ ख ३८६५ नम्बरको बस फिदिम नगरपालिका–४ शान्तिपुर (सरखण्ड)मा दिउँसो करीब ११ः३० बजे सडकबाट झरेर दु’र्घ’टनामा परेको हो । अर्को सवारीको साधनलाई उछिन्ने क्रममा सडकको डिलबाट बस अगाडि बढ्दा सडकबाट करिब २० मिटर तल झ’रेको हो ।

दु’र्घट’नामा बसमा सवार सबै यात्रुहरू घा’इते भएका छन् । दसैँमा घर तथा आफन्तकहाँ पुगी फर्कँदै गरेको जिल्लाको कुम्मायक, तुम्बेवा र फाल्गुनन्द गाउँपालिकाका सर्वसाधारण दु’र्घट’नामा परेका हुन् ।

कुम्मायकको यासोक बजारलाई फिदिमसम्म जोड्ने निवुखोलास्थित पुलको भाग भत्केपछि यात्रुहरू ट्याक्सीबाट खोलासम्म आई बस चढेका थिए । दुई किलोमिटर दूरी पार नहुँदा बस दु’र्घट’नामा परेको हो ।

Leave a comment

Your email address will not be published.