डडेल्धुरामा बस दु’र्घट’ना हुँदा १० जना घा’इ’ते, दुईको अ’वस्था ग’म्भी’र

कात्तिक १४ डडेल्धुरा । डडेल्धुरामा बस दु’र्घट’नामा १० जना घा’इते भएका छन् ।

आलिताल गाउँपालिका-१ स्थित घण्टेश्वर मन्दिर नजिक ना८ख ६१३२ नम्बरको बस दु’र्घट’नामा परेको हो । बस दार्चुलाबाट महेन्द्रनगर जाँदै गरेको डडेल्धुरा प्रहरीले जनाएको छ ।

बस सडकबाट करिब १ सय मिटर तल खसेको हो। बसमा ३२ जना सवार रहेको र १० जना घा’इते भएको डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए ।

डीएसपी नेपालका अनुसार घा’इतेलाई उप’चारका लागि धनगढी लगिएको छ । दुई जनाको अवस्था ग’म्भी’र छ ।

घा’इते हुनेमा बैतडीको डिलाशैनी गाउँपालिका-६ का ४५ वर्षीया बिर्मा ओड, ५० वर्षीय रम्चि ओड, दोगडाकेदार गाउँपालिका-८ का ३२ वर्षीय मानसिंह कार्की, दोगडाकेदार-६ का ३०

वर्षीय देवदत्त जोशी, पुर्चौँडी नगरपालिका-१० का ३० वर्षीय चन्द्रबहादुर विष्ट, दोगडाकेदारकै ३५ वर्षीय प्रकाश विष्ट र केशव दत्त जोशी रहेका प्रहरीले जनाएको छ ।

Leave a comment

Your email address will not be published.