आधुनिकमा युग,अनुकुल सैद्धान्तिक वैचारिक, गतिशिलको लागि आफ्नो उम्मेदवारी : ज्ञानल थापा

मंसिर १० काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट केंद्रीय महाधिवेशन प्रतिनिधी खुल्ला तर्फमा ज्ञानल थापाले आफ्नो उम्मेदवारी घोषणा गर्नु भएको छ ।

आधुनिक युग अनुकुल सैद्धान्तिक वैचारिक, ईमान्दारीता र निष्ठाको गतिशिल संगठन निर्माण गर्न सही र योग्य युवा नेतृत्वको लागि आफ्नो उमेदवारी घोषणा गरेको उहाँले बताउनुभयो ।

साथै उहाँ मंसिर ११ गते शनिबार हुने निर्वाचनमा नेपाली कॉंग्रेस सिन्धुपाल्चोक जिल्ला निर्वाचन क्षेत्र नं.२ का प्रदेश सभापतिज्युहरु, नगर सभापति ज्युहरु, गाउँपालिका सभापति ज्युहरु, इकाई सभापति ज्युहरु र प्रतिनिधि ज्युहरु तपाइँहरुको सहयोगको,अपेक्षा सहित अत्त्याधिक मतका साथ बिजयी गराइ दिनु हुन अनुरोध गर्नुभएको छ ।

लामो समय देखि राजनीतिमा सक्रिय रहनु भएका थापा गत वडा सम्मेलनमा इन्द्रावती गाउँपालिका ३ बाट क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन हुनु भएको थियो ।No description available.

Leave a comment

Your email address will not be published.