सल्यानमा बस दुर्घटना : ९ जनाको मृत्यु

सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको रा१ख २५५२ नम्बरको बस दुर्घटनामा मृत्यु हुनेको संखया नौ पुगेकोे छ । दुर्घटनामा गम्भीर घाइते भएका ६ जनाको हेलिकोप्टरबाट उद्धार गरि काठमाडौं लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ । शनिवार विहान सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको बस कपुरकोट गाउँपालिकामा दुर्घटना ग्रस्त भएको थियो । उक्त बसमा ३० जना… Continue reading सल्यानमा बस दुर्घटना : ९ जनाको मृत्यु

दाङमा एकै दिन दुई जनाको हत्या

दाङमा एकै दिन दुई जनाको हत्या भएको छ । तुलसीपुरमा एक युवकको र गढवाम एक महिलाको शनिबार हत्या भएको हो । तुलसीपुर उपमहानगरपालिका– ४ नयाँबस्ती निबासी २० वर्षीय टोपबहादुर पुनको हत्या भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार स्थानीय युवाहरूको लठ्ठी र धारिलो हतियार प्रहारबाट पुनको… Continue reading दाङमा एकै दिन दुई जनाको हत्या

आज थप १ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि

कात्तिक २० काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा १ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ९३२ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख… Continue reading आज थप १ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि

जनकपुरधामबाट नेपाल–भारत मैत्री बस सेवा पुनः सुचारू

कात्तिक २० जनकपुरधाम । कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको नेपाल–भारत (जनकपुरधाम–पटना) मैत्री बस सेवा आजदेखि पुनः संचालनमा आएको छ । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामको बस स्टेश्नबाट आज राति ८ बजे भारत विहार राज्यको राजधानी पटनाका लागि बस छुट्दैछ ।  दुवै देशमा कोरोना संक्रमण दर कमभएपछि मैत्री बस सेवा सुचारु भएको माँ जानकी… Continue reading जनकपुरधामबाट नेपाल–भारत मैत्री बस सेवा पुनः सुचारू

आज भाइ टीका : दिदीबहिनीले दाजुभाइको पूजा गरी मनाइदै

आज शनिबार तिहारको अन्तिम दिन अर्थात् भाइटीका । कार्तिक शुक्ल द्वितीया तिथिका दिन यो भाइपूजा/भाइटीका मनाइन्छ । यसदिन दिदीबहिनीले दाजुभाइको विधिपूर्वक पूजाआजा गरी मनपर्ने खानेकुरा खान दिने र दिदीबहिनीलाई यथासक्य दक्षिणा तथा उपहार दिने परम्परा रहेको छ । सत्ययुगमा यमपञ्चकका पाँच दिन यमराजले बहिनी यमुनाको घरमा बसी बहिनीको हातबाट टीका तथा उपहार लिएको र आशिर्वाद… Continue reading आज भाइ टीका : दिदीबहिनीले दाजुभाइको पूजा गरी मनाइदै

प्रिती राईले कम उमेरका कारण गुमाइन् आईलिग 

होचो कद, तीव्र गतिको खेल, साथै उत्कृष्ट फिनिसिङ । यिनै कारण गत भदौमा भएको बंगलादेशविरुद्धको दुई मैत्रीपूर्ण खेलमा प्रिती राई सबैको नजरमा पर्न सफल भइन् । डेब्यू खेलमै प्रितीले गोल पनि गरिन् । जुन गोल दर्शनीय रहेको थियो । प्रितीसँगै सविता राना मगरले समेत डेब्यू खेलमै गोल गरिन् । दुई खेलाडीको अग्रपंक्तिमा सुन्दर खेलसँगै नेपालले पहिलो… Continue reading प्रिती राईले कम उमेरका कारण गुमाइन् आईलिग 

यस्तो छ आज मौसम : बर्षासँगै उच्च पहाडी र हिमाली भेगमा हिमपात

काठमाडौं । मंगलबार बिहान काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा बदली रहेको छ । दिउँसो देशका थोरै स्थानमा  हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि छ । मौसमविद्हरूका अनुसार पश्चिमी न्यून चापीय प्रणालीका कारण वर्षा हुन थालेको हो ।… Continue reading यस्तो छ आज मौसम : बर्षासँगै उच्च पहाडी र हिमाली भेगमा हिमपात

नेपालमा ठूलो पानी पर्ने क्रम तत्कालका लागि टरेको छ : मौसम पूर्वानुमान महाशाख

काठमाडौं । न्यून चापीय प्रणाली र पश्चिमी वायुको असर हटेसँगै नेपालमा ठूलो पानी पर्ने क्रम तत्कालका लागि टरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्ला तीन दिनमा नेपालमा असर गर्ने उल्लेखिय मौसम प्रणाली विकसित भएको छैन । यद्यपि, स्थानीय वायुका कारण बदलीदेखि हल्का वर्षाको सम्भावना भने रहन्छ । महाशाखाका अनुसार शुक्रबार दिउँसो प्रदेश १, बागमती… Continue reading नेपालमा ठूलो पानी पर्ने क्रम तत्कालका लागि टरेको छ : मौसम पूर्वानुमान महाशाख

देशभरका विद्यालय आजबाट चार दिन बन्द

काठमाडौं, १७ चैत्र । आजबाट चार दिनसम्म देशभरका विद्यालयहरु बन्द छन् । वायु प्रदूषणका कारण मङ्गलबारबाट चार दिनसम्म विद्यालय बन्द गर्ने सरकारले निर्णय गरेको हो । शिक्षा मन्त्रालयले हिजो विज्ञप्तिमार्फत् मन्त्रीस्तरीय निर्णयबाट विद्यालय चार दिन बन्द गर्ने निर्णयबारे जानकारी गराएको हो । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा विद्यालय बन्दको निर्णय गरेका हुन्… Continue reading देशभरका विद्यालय आजबाट चार दिन बन्द

भोलिदेखि देशभरका सबै शिक्षण संस्था ४ दिन बन्द गर्ने सरकारको निर्णय

१६ चैत, काठमाडौं । शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ । वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । शुक्रबारदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषण निकै बढेको छ । जल तथा मौसमविद्‍का अनुसार लामो… Continue reading भोलिदेखि देशभरका सबै शिक्षण संस्था ४ दिन बन्द गर्ने सरकारको निर्णय