सर्लाहीमा तीनजना गाँजासहित पक्राउ परे

३ पुस, महोत्तरी । प्रहरीले लागूऔषध गाँजासहित सर्लाहीको छुट्टाछुट्टै स्थानमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी सदरमुकाम जलेश्वर नगरपालिका ७ बस्ने २० वर्षीय रुपेश राय छन् । प्रहरीले युवकलाई इश्वरपुर नगरपालिका वडा नम्बर १२ स्थित बाँके चोकमा साइकल रोकाएर खोजतलासी गर्ने क्रममा लागूऔषध गाँजासहित पक्राउ गरिएको छ । उनले साइकलमा १० किलो… Continue reading सर्लाहीमा तीनजना गाँजासहित पक्राउ परे

गाँजालाई लागु औषधको सूचीबाट हटाउने पक्षमा नेपालले गरे मतदान

१९ मंसिर काठमाडौं । गाँजा सम्बन्धी विविध कोणबाट बहस भइरहेको हँुदा, नेपालले संयुक्त राष्ट्रसंघमा गाँजालाई कडा प्रकृतिको लागु औषधीको सूचीबाट हटाउने पक्षमा मतदान गरेको छ ।राष्ट्रसंघको लागु औषधसम्बन्धी एक सेसनमा नेपालसहित विश्वका तीन दर्जन मुलुकले यस पक्षमा मतदान गरेका हुन् । नेपालमा केही समय देखी गाँजाको व्यापार र यसलाई औषधीजन्य व्यापारका लागि अनुमति दिनुपर्ने माग… Continue reading गाँजालाई लागु औषधको सूचीबाट हटाउने पक्षमा नेपालले गरे मतदान

कोरोना भाइरसको उपचार गाँजाबाट हुनसक्ने वैज्ञानिकहरुको भनाई

एजेन्सी ३,मंसिर, काठमाडौं ।  विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट गम्भीर बनेका बिरामीको गाँजाबाट उपचार हुनसक्ने वैज्ञानिकहरुले बताएका छन् । अमेरिकास्थित साउथ यारोलिना विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको अध्ययनले यस्तो निष्कर्ष निकालेको हो । वैज्ञानिकहरुले यसबारेमा तीनवटा अध्ययन गरेका थिए । तीनै अध्ययनमा गााँजाको माध्यमबाट कोरोनाका गम्भीर बिरामीलाई उपचार हुनसक्ने निष्कर्ष निकालिएको छ । यद्यपि यो… Continue reading कोरोना भाइरसको उपचार गाँजाबाट हुनसक्ने वैज्ञानिकहरुको भनाई

कोरोनाको प्रभावकारी मानिएको ” रेमडिसिभर ” औषधि नेपालमा उपयुक्त

२ मंसिर, काठमाडौं । सुरुमा क्लिकल ट्रायलको रुपमा प्रयोग गरिएको रेमडिसिभर औषधीले पार्ने प्रभावबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको अध्ययन रिपोर्टअनुसार नेपालमा कोरोना संक्रमण भएर अस्पतालमा उपचार गराइरहेकाहरूमा चलाउँदै आइएको रेमडिसिभर औषधि प्रयोग गर्न उपययुक्त हुने अनुसन्धान रिपोर्ट आएको परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा मेघनाथ धिमालले बताए। अहिले गरिएका परीक्षणबाट रेमडिसिभरले… Continue reading कोरोनाको प्रभावकारी मानिएको ” रेमडिसिभर ” औषधि नेपालमा उपयुक्त

जनतालाई विश्वासमा लेऊ, भारतसँग उच्चस्तरमा सम्वाद गर’

प्रमुख राजनीतिक दलका नेता र पूर्वप्रधानमन्त्रीहरुले भारतबाट अतिक्रमित भूभाग फिर्ता ल्याउन प्रभावकारी कूटनीतिक कदम चाल्न सरकारलाई सुझाव दिएका छन् । र, जनतालाई पनि विश्वासमा लिन आग्रह गरेका छन् । भारतले तिब्बतको मानसरोवर जान नेपाली भूमि अतिक्रमण गरेर लिपुलेकमा सडक बनाएपछि नेपालले विरोध जनाएको छ र, तत्काल कूटनीतिक वार्ता गर्न चाहेको छ । त्यस विषयमा  प्रधानमन्त्री… Continue reading जनतालाई विश्वासमा लेऊ, भारतसँग उच्चस्तरमा सम्वाद गर’