उडिरहेको नागलाई देखेको 5 सेकेन्डमा OM लेखी सेयर गर्नुहोस्। तपाईंको अधुरो काम बन्ने छ।

मानव स’भ्यताको शि’शु बिहानीमा आदिम मानवको आद्यःचेत’नाले प्रकृतिको विनासकारी र कल्या’णकारी रुपलाई अदृ’ष्य श’क्ति’द्धारा सञ्चालित भएको ठान्यो । अदृ’ष्य शक्ति’प्रतिको ड’र अनि त्रा’सको साथसाथै आस्था र समर्पणको आधारमा प्रकृतिलाई दैवी’करण गर्यो । प्रकृतिका विवि’धरुप’लाई फरक फरक शक्ति द्धारा सञ्चा’लित भएको वि’श्वासमा वहु’देववा’दको कल्पना गरियो । अतः विश्वको हरेक सभ्यता’मा विकसित धर्म र संस्कृतिले प्रकृतिपूजालाई अपनाएको… Continue reading उडिरहेको नागलाई देखेको 5 सेकेन्डमा OM लेखी सेयर गर्नुहोस्। तपाईंको अधुरो काम बन्ने छ।

आज हरिबोधिनी एकादशी, तुलसीकाे विवाह गरी मनाइँदै

कात्तिक २९ काठमाडौं । आज कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी । वर्षमा पर्ने २४ वटा एकादशीमध्ये महत्त्वपूर्ण एकादशीको रूपमा हरिबोधिनी एकादशीलाई लिइन्छ । त्यसैले यसलाई बोलीचालीको भाषामा ठूली एकादशी पनि भनिन्छ । क्षीर सागरमा चार महिलनाअघि सुतेका भगवान् विष्णु आज जागा हुने भएकाले यसलाई हरिबोधनी एकादशी वा प्रबोधिनी एकादशी पनि भनिन्छ । संस्कृतमा ‘बोधन’ भन्नाले… Continue reading आज हरिबोधिनी एकादशी, तुलसीकाे विवाह गरी मनाइँदै

पाटनमा कात्तिक नाच अन्तर्गत दोस्राे दिन बाथः प्याखँ नाट्य नृत्य मञ्चन

ललितपुरको पाटन दरवारमा जारी कात्तिक नाचमा विहीबार बाथः प्याखँ नाट्य कथामा आधारित नाच मञ्चन गरिएको छ । पाटन दरवार परिसरमा रहेको डवलीमा साँझ ८ बजे सुरु नाच राति ११ बजेसम्म चलेको थियो । १२ पैसाको बाख्रा कसरी ६ पैसामा साहुलाई झुक्याएर किन्ने काम हुन्छ भन्ने सन्देशमुलक कथामा आधारित यस नाट्य नाच देखाइएको कात्तिक नाच संरक्षक… Continue reading पाटनमा कात्तिक नाच अन्तर्गत दोस्राे दिन बाथः प्याखँ नाट्य नृत्य मञ्चन

आज छठ पर्वकाे महत्वपूर्ण दिन, अस्ताउँदो सूर्यलाई अर्घ्य चडाएर मनाइँदै

 छठ पर्वको आज बुधबार तेस्रो दिन । आजको दिनलाई छठ भनिन्छ । यस दिन व्रतालुहरू पानी पनि नपिइ निर्जला व्रतको रुपमा बस्दछन् । कार्तिक शुक्ल चतुदर्शीदेखि सुरु भएको यो पर्व कार्तिक शुक्ल सप्तमीसम्म मनाइन्छ । आज बिहानदेखि पानीसमेत नपिएका व्रतालुहरू साँझपख जलाशयमा पानीमा डुबेर अस्ताउँदो सूर्यलाई अर्घ्यसहित पूजा गर्दछन् । अस्ताउँदो सूर्यलाई पूजा गरिसकेपछि भोलिपल्टको… Continue reading आज छठ पर्वकाे महत्वपूर्ण दिन, अस्ताउँदो सूर्यलाई अर्घ्य चडाएर मनाइँदै

छठ पर्वको रौनक तराईदेखि पहाडसम्म

काचही बास के दउरीया आइपर सुगा मिर्राई, मारबउ रे सुगवा धनुख सँ सुगा गिरे मुर्झाई’, यतिबेला यस्तै गीतसंगीतले तराई मधेशका छठ पर्वको रौनकतालाई अझ बढाइदिएको छ । यस्ता गीतसंगीत एफएम रेडियोदेखि ग्रामिण क्षेत्रका लाउडिस्पीकरहरूमा बच्ने गरेकोले तराई मधेश छठमय हुनु पुगेको छ । लोक आस्था र प्राकृतिको पूजा भनेर चिनिने छठ पर्व सोमवारदेखि विधिवत् रूपमा… Continue reading छठ पर्वको रौनक तराईदेखि पहाडसम्म

छठको तेस्रो दिन आज ‘खरना’ को तयारी

महोत्तरी । लोकआस्थाको महापर्व छठको तेस्रो दिन आज मङ्गलबार बर्तालु ‘खरना’ विधिको तयारीमा छन् । पर्वको पहिलो दिन कात्तिक शुक्ल तृतीयामा ‘अरबा–अरबाइन’ र चौथीका दिन हिजो सोमबार ‘नहाय–खाय’ सम्पन्न गरेका बर्तालु आज पञ्चमी तिथिका दिन ‘खरना’ को तयारीमा लागेका हुन् । आज बिहान स्नान गरी दिनभरि निराहार उपवास (व्रत) बसेर राति सख्खरमा पकाइएको खिर कूलदेवता… Continue reading छठको तेस्रो दिन आज ‘खरना’ को तयारी

आज साेमबारदेखि छठ पर्व सुरु, आज ‘नहाय खाय’ विधि गरिँदै

कात्तिक २२ काठमाडौं । विशेष रूपमा नेपालको मिथिलाञ्चल क्षेत्रमा तराई मधेशमा मनाइने छठ पर्व आज साेमबारदेखि विधिवत् रूपमा सुरू भएको छ । कार्तिक शुक्ल चतुदर्शी छठको पहिलो दिन हो । यस दिनदेखि छठ पर्व आरम्भ हुन्छ । छठको पहिलो दिनलाई ‘नहाय खाय’ भनिन्छ । यस दिन बिहान सरसफाइ गरी नुहाएर शुद्ध भोजन ग्रहण गरिन्छ । यस दिन… Continue reading आज साेमबारदेखि छठ पर्व सुरु, आज ‘नहाय खाय’ विधि गरिँदै

आज लक्ष्मी पूजा : धन र समृद्धिको कामनासहित पूजाआजा गरिँदै

कात्तिक १८ काठमाडौं । कत्तिक कृष्ण पक्षको औंसीमा लक्ष्मी पूजा गरिन्छ । कात्तिक कृष्ण पक्षको औंसीको रातलाई वर्षका चार महत्वपूर्ण रातहरूमध्येको सुखरात्री पनि भनिन्छ । यस दिन स्त्री जाति विशेषगरी कुमारी केटीहरूले घरघरै गई भैलो खेल्ने चलन छ । यो रात सबैभन्दा अँध्यारो रातको रुपमा लिइन्छ । अन्धकार आकाशलाई सबैले घरघरमा दीप प्रज्वलन गरेर उज्यालो… Continue reading आज लक्ष्मी पूजा : धन र समृद्धिको कामनासहित पूजाआजा गरिँदै

यमपञ्चकको दोस्रो दिन आज काग र कुकुर तिहार मीठा खानेकुरा खान दिएर मनाइँदै

यमपञ्चकको दोस्रो दिन काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो मीठो चीजवीज खान दिएर मनाइँदैछ । बिहान ७:१४ बजेसम्म त्रयोदशी तिथि छ । त्यसपछि चतुर्दशी तिथि लाग्छ । बिहानै कागलाई पूजा गरी मीठा खानेकुरा खान दिनुपर्छ । कागलाई विशेषगरी दही भात खुवाइन्छ । कागले यमराज समक्ष राम्रो खबर लगिदियोस् भनेर आजका दिन… Continue reading यमपञ्चकको दोस्रो दिन आज काग र कुकुर तिहार मीठा खानेकुरा खान दिएर मनाइँदै

नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु

१६ कात्तिक । हरेक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु हुँदैछ । आज बेलुका यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यस वर्ष यमदीपदान आजदेखि सुरु हुने भए पनि काग र कुकुर तिहार भने भोलि परेको छ । समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीका… Continue reading नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु