सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भुकम्प

काठमाडौँ । सिन्धुपाल्चोकको गुम्बा क्षेत्र केन्द्रविन्दु भएर भुकम्प गएको छ।  राष्ट्रिय भूकम्प मापनकेन्द्रका अनुसार १ बजेर ४६ मिनेट जाँदा ४.७ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का आसपासका जिल्लाहरुमा समेत महसुस गरिएको थियो । भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार सोमबार दिउँसो १ः४६ बजे पछि लगातार ५ पटक भुकम्प  गइसकेको छ ।