महोत्तरी घटना छानबिन गर्न समिति गठन

१२  मंसिर, काठमाडौं । महोत्तरीको बर्दिबासमा बालिका हत्याको विरोधमा भएको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाएको विषयमा छानविन गर्न गृह मन्त्रालयले समिति बनाएको छ । मन्त्रालयका उपसचिवको नेतृत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको छ । प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर तीन जना गम्भीर घाइते भएका थिए, जसमध्ये बुद्धिराज न्यौपानेको मृत्यु भएको थियो । मन्त्रालयले… Continue reading महोत्तरी घटना छानबिन गर्न समिति गठन

४ महिनाको वैदेशिक व्यापार : आयात १० प्रतिशतले घट्यो, निर्यात १० प्रतिशतले बढ्यो

 ७ मंसिर,काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ४ महिना (साउनदेखि कात्तिकसम्म)को अवधिमा कूल वस्तु आयात १० प्रतिशतले घटेको छ। यो अवधिमा १० प्रतिशतले नै वस्तु निर्यात बढेको भन्सार विभागले जनाएको छ। विभागको तथ्यांकअनुसार आर्थिक वर्षको पहिलो ४ महिना अवधिमा ४ खर्ब २ अर्ब रूपैयाँको वस्तु आयात भएको छ। जुन गत वर्षको यही अवधिमा ४ खर्ब ५०… Continue reading ४ महिनाको वैदेशिक व्यापार : आयात १० प्रतिशतले घट्यो, निर्यात १० प्रतिशतले बढ्यो

रुपा गाउँपालिका: भूमिहीनलाई जग्गाको व्यवस्था गर्दै

६ मंसिर,पोखरा। कास्कीको रुपा गाउँपालिकाले सुकुम्बासी, भूमिहीन अव्यवस्थित बसोवासको समस्या समाधानका लागि काम थालेको छ। भूमीहिन, सुकुम्बासीलाई जग्गा प्रदान गर्नका  लागि सरकारले गठन गरेको भूमि सम्बन्धी समस्या समाधान आयोगसँगको समन्वयमा पालिकाले काम थालेको हो। पालिकाले प्रारम्भिक चरणमा जनप्रतिनिधि, राजनीतिक दलका प्रमुखलगायत सरोकारवालासँग राय सुझाव संकलन गरेको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिए। प्रतिनिधि सभाका सदस्य… Continue reading रुपा गाउँपालिका: भूमिहीनलाई जग्गाको व्यवस्था गर्दै

सिमा खुलाउनलाई सांसद बसे धर्ना

४  मंसिर,जनकपुर । कोरोना भाइरस (कोभिड १९) को संक्रमण नियन्त्रण गर्न भन्दै आठ महिनादेखि बन्द रहेको भारतीय सीमा खुलाउन सीमा क्षेत्रमा धर्ना कार्यक्रम सुरु भएको छ । बुधबारदेखि सुरु भएको धर्ना कार्यक्रममा प्रदेश सांसद एवं सत्तारुढ दल जनता समाजवादी पार्टी संसदीय दलका उपनेता रामआशिष यादव पनि सहभागी भए । कोरोनाको बहाना बनाएर सीमावर्ती क्षेत्रमा बसोबास… Continue reading सिमा खुलाउनलाई सांसद बसे धर्ना

आज खरना : छठको दोस्रो दिन

४  मंसिर, काठमाडौं । छठ पर्वको आज दोस्रो दिन ब्रतालुले ‘खरना’ विधिको तयारी गरेका छन् । कात्तिक शुक्ल चौथीका दिन बुधबार ‘नहाय–खाय’ विधिबाट पर्व शुरु गरेका ब्रतालुले आज पर्वको दोस्रो दिन ‘खरना’ विधिको तयारी गरेका हुन् । चार दिनको यो पर्वको दोस्रो दिन अर्थात् खरनाका दिन दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि मात्रै फलार… Continue reading आज खरना : छठको दोस्रो दिन

नेकपा बैठकः ओलीले प्रतिवेदन लेख्न समय मागे, पौडेलले अगाडि सारे सामूहिक राजीनामाको प्रस्ताव

 ३ मंसिर,काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठक १० दिनका लागि स्थगित भएको छ । अर्को बैठक मंसिर १३ गते बस्नेछ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डलाई जवाफी राजनीतिक प्रतिवेदन पेश गर्न १० दिनको समय मागेपछि बैठक स्थगित भएको हो । धेरै लामो उतारचढावपछि पार्टीका दुवै विचार समूहका नेताहरु बैठकमा सहभागी भए र… Continue reading नेकपा बैठकः ओलीले प्रतिवेदन लेख्न समय मागे, पौडेलले अगाडि सारे सामूहिक राजीनामाको प्रस्ताव

माधव नेपाललाई प्रधानमन्त्री र अध्यक्ष बनाउन साथ दिने ओलीको प्रस्ताव

१ मंसिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीभित्र विवाद चुलिदै जाँदा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले सचिवालयका प्रभावशाली नेताहरुलाई पक्षमा पार्न प्रयास गर्दै आएका छन् । उनले आफै प्रत्यक्ष भेटेर वा विश्वासपात्रमार्फत् विभिन्न प्रस्ताव पठाइरहेका छन् । ओलीले नेकपाको पछिल्लो विवाद चर्किएयता वरिष्ठ नेता माधवकुमार नेपालसँग तीनपटक भेटेका छन् । भेटमा उनले नेपालसँग राजनीतिक लेनदेनको… Continue reading माधव नेपाललाई प्रधानमन्त्री र अध्यक्ष बनाउन साथ दिने ओलीको प्रस्ताव

ह्वाट्सएपका लुकेका १२ फिचर, थाहा पाइराख्नुहोस् काम लाग्छ

१ मंसिर, काठमाडौं । ह्वाट्सएपले आफ्नो प्लेटफर्ममा स्नापच्याटको जस्तै फिचर ल्याएको छ । जसअन्तर्गत कम्पनीले रोलआउट गरेको नयाँ सेटिङ फिचरले तपाईंको म्यासेजलाई हप्ता दिनमा आफै क्लियर अर्थात मेटाइदिन्छ । तपाईं ल्यापटपमा ह्वाट्सएप प्रयोग गर्नुहुन्छ भने यो ल्यापटपमा प्रयोग गर्न र सेटअप मिलाउन दुवै एकदमै सजिलो छ भन्ने कुरा तपाईंलाई थाहा नै होला । आज हामी तपाईंलाई… Continue reading ह्वाट्सएपका लुकेका १२ फिचर, थाहा पाइराख्नुहोस् काम लाग्छ

आईफोन ट्वेल्भमा देखिन थाल्यो म्यासेज हराउने समस्या

१ मंसिर,काठमाडौं । एप्पलको नयाँ आईफोन ट्वेल्भ अहिलेको हटकेक विषय हो । तर अब लाखौं प्रयोगकर्ताले अपग्रेडका लागि केही समय कुर्नुपर्ने भएको छ । म्याकर्‍युमरमा प्रकाशित खबरका अनुसार धेरै संख्यामा प्रयोगकर्ताहरुले आईफोन ट्वेल्भको एसएमएस म्यासेजिङमा समस्या भएको बताएका छन् । प्रयोगकर्ताहरुको गुनासो अनुसार उनीहरुले एसएमएस पठाउन, पाउन सकिरहेका छैनन् । ग्रुप च्याटमा म्यासेज हराउने र एसएमएसको… Continue reading आईफोन ट्वेल्भमा देखिन थाल्यो म्यासेज हराउने समस्या

इथियोपियामा आतंकवादी आक्रमण, ३४ जनाको मृत्यु

१ मंसिर,आदिस अबाबा । अफ्रिकी मुलुक इथियोपियामा शनिवार भएको आतंकवादी आक्रमणमा कम्तीमा ३४ जनाको मृत्यु भएको छ । इथियोपियाको मानव अधिकार आयोगका अनुसार देशको पश्चिमी बेनिशाङ्गुल–गुमुज क्षेत्रमा एउटा यात्रुबाहक बसमा सशस्त्र आतंककारी समूहले आक्रमण गरेका थिए । आयोगले आक्रमणकारी समूहको पहिचान र आक्रमण गर्नुको कारण भने खुलाएको छैन । हालैका महिनाहरुमा बेनिशाङ्गुल–गुमुज क्षेत्रमा विभिन्न जातीय… Continue reading इथियोपियामा आतंकवादी आक्रमण, ३४ जनाको मृत्यु